राष्ट्रियसभा सदस्यमा आरजुकाे लबिङ पुगेन, कांग्रेसले छान्यो १६ उम्मेदवार

९ माघ २०७४, मंगलवार २०:३० मा प्रकाशित

काठमाडौं ९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ उम्मेदवार छनोट गरेको छ । तर, लबिङका बाबजुद प्रधानमन्त्री पत्नी आरजु देउवाले टिकट पाइनन् । शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चार/चार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यचर्फ टिकट पाएका छन् । प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४/४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ । प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।

कोको भए उम्मेदवार ?

 प्रदेश नम्वर ४

सुरेन्द्रराज पाण्डेअन्य समूह

बृन्दा राना मगरमहिला,

जीतबहादुर नेपालीदलित

 प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५

दुर्गाप्रसाद उपाध्यायअन्य समूह

अनिता देवकोटामहिला

मैकुलाल बाल्मीकिदलित

लुटबहादुर खत्रीअपाङग्

प्रदेश नम्वर ६

विष्णुबहादुर शाहीखुला

सूर्यदेवी मल्लमहिला

सिताराम विकेदलित

गोपालप्रसाद शर्माअपाङ्ग

प्रदेश नम्वर ७

बद्री पाण्डेखुला

तारादेवी भट्टमहिला

शेरी राम पार्कीदलित

 छत्रराज जोशीअपाङ्ग

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस