कोमल वलीलार्इ राष्ट्रियसभामा पठाउने एमाले निर्णय, छानिए १३ उम्मेदवार

९ माघ २०७४, मंगलवार १०:३७ मा प्रकाशित

काठमाडौं ९ माघ। नेकपा एमालेले गायिका कोमल वलीलार्इ राष्ट्रियसभामा पठाउने भएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र का उम्मेदवारको टुंगो लगाएको हो । गायिका वलीलार्इ प्रदेश ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । वली चुनावको केही अघि एमाले प्रवेश गर्नुभएकाे थियाे । राप्रपाबाट एमाले प्रवेश गर्नुभएकाे उहाँ प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि वागी उम्मेदवारी समेत दिनुभएकाे थियाे। तर, एमाले नेतृत्वले फिर्ता गराएकाे हाे । १, २, ३ र ४ नम्बर प्रदेशका उम्मेदवारहरू भने छनोट हुन बाँकी छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेको छ, जसमा २९ एमालेको भागमा परेको छ । बाँकी उम्मेदवार भोलि चयन हुने एमालेले बताएको छ ।

प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से