एमाले बैठक सम्पन्न, पार्टी एकता प्रक्रिया सकारात्मक

९ माघ २०७४, मंगलवार ०९:२१ मा प्रकाशित

काठमाडाैं, ९ माघ । नेकपा एमालेको स्थायी समिति बैठकले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार बसेको स्थायी समिति बैठकले पार्टी एकताको सम्बन्धमा दुईवटा कार्य दल बनाई अघि बढ्ने निर्णय गरेको छ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सचिव योगेश भट्टराईले दुई पार्टीको विचारधारा र सैद्धान्तिक पक्षका बीचमा सहमति निर्माण गर्न एउटा कार्य दल र संगठनात्मक कामको संयोजन र व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको बताउनुभयो। एक⁄दुई दिनपछि बस्ने पार्टी एकता संयोजन समितिको बैठकले उक्त दुई दलको कार्य दलको टुंगो लगाउने उहाँले बताउनुभयो।

उहाँले यसका लागि आवश्यक गृहकार्य गरी आआफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बैठकमा एमाले र माओवादी केन्द्रको पार्टी एकताबारे छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘यसअघि दुई पार्टीका अध्यक्ष र पार्टी एकता संयोजन समितिको बैठकमा भएका छलफलका बारेमा अध्यक्ष ओलीले बैठकमा जानकारी गराउनुभयो।’ उहाँले बैठकमा राष्ट्रियसभाका लागि उम्मेदवार चयन र पार्टी एकताको विषयमा छलफल भएको बताउनुभयो।

राष्ट्रियसभा निर्वाचन सम्बन्धमा कार्यदलले दिएको सुझाव प्रतिवदेनलाई वाम एकता संयोजन समितिको आइतबारको बैठकले अनुमोदन गरेपछि पार्टीको भागमा परेका उम्मेदवारको चयन सोमबार बसेको स्थायी समिति बैठकले गरेको छ। एमालेले सातवटै प्रदेशबाट २९ जना राष्ट्रियसभा उम्मेदवार तय गरी मनोनयन गर्ने निर्णय गरेको सचिव भट्टराईले बताउनुभयो। राष्ट्रियसभाको निर्वाचन साथै प्रदेशसभा सिट बाँडफाँडलगायतका कार्य गर्ने गरी एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो। बैठकले उक्त प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ। साथै कार्यदलले प्रस्तुत गरेको राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रको सिट बाँडफाँडलाई अनुमोदन गर्ने निर्णय गरेको छ। ललितपुर क्षेत्र नं १ का एमालेबाट विजयी प्रतिनिधिसभा सदस्य नवराज सिलवालको सन्दर्भमा भएका घटनाको एमालेले भत्र्सना गरेको छ।सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै बैठकले भत्र्सना गरेको हो। भट्टराईले भन्नुभयो– ‘समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लैजाने विषय बनाएर बढाई चढाई गरेको छ, यसको बैठकले भत्र्सना गरेको छ।’अपराह्न ४ बजे शुरू भएको बैठक राति ८ः३० बजेसम्म जारी रहेको थियो। बैठकले प्रतिनिधिसभा उम्मेदवारका लागि पार्टीले उम्मेदवार बनाउने व्यक्तिको नाम छनोट गर्नका लागि बैठक रातिसम्म जारी रहेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्