पूर्व डीआइजी सिलवाल विरुद्ध डिफ्युजन नोटिस जारी

८ माघ २०७४, सोमबार १६:२२ मा प्रकाशित

काठमाडाैं, ८ माघ । इन्टरपोलले नेपाल प्रहरीका पूर्व डीआइजी तथा नेकपा एमलेका सांसद नवराज सिलवालको खोजी गर्न डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न आइतबार साँझ डिफ्युजन नोटिस जारी गरेको हो । आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा उपस्थित नभएपछि उहाँमाथी प्रहरीले डिफ्युजन नोटिश जरी गर्ने सम्म्को एक्सन लिएको हो ।
सिलवालले एक अनलाइन मार्फत आफू ललितपुरको भट्टे डाँडामा रहेको दावी गरेपछि आइतबार दिनभर प्रहरीले उहाँको खोजी गरेको थियो । तर नभेटिएपछि बेलुका इन्टरपोलले सिलवाललाई फरार सूचीको अभियुक्तमा राख्दै सूचना जारी गरेको हो ।
यो नोटिस जारी भएसँगै अव जुनसुकै मुलुकका प्रहरीले पूर्व डीआइएजी तथा सांसद सिलवाललाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाउन बाटो खुलेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाठौंको जिम्मा लगाउन निर्देशन दिएको थियो । त्यसअघि ललितपुरको गोदावरी स्थित निवासमा सिलवाल पक्राउ गर्न पुगेको ललितपुर प्रहरीको टोली सिलवाल नभेटिएपछि रित्तो हात फिर्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले