मेलम्ची अाउन अझै एकवर्ष लाग्ने

८ माघ २०७४, सोमबार ०९:२३ मा प्रकाशित

काठमाडौं ८ माघ । मेलम्चीको खानेपानीका लागि काठमाडौं उपत्यकाबासीले अझै केही समय कुर्नुपर्ने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रसम्म २७.५ किलोमिटर खन्नुपर्नेमा अझै ३३० मिटर बाँकी रहेकाले उपभोक्ताको धारामा पानी आउन समय लाग्ने देखिएको हो । एक दिनमा ३ देखि ७ मिटरसम्म सुरुङ खन्ने काम भइरहेको मेलम्ची आयोजनाले बताएको छ । यो हिसाबले ३३० मिटर सुरुङ खन्न करिब ३ महिना लाग्ने देखिन्छ । सुरुङ बनिसकेपछि पनि ‘फिनिसिङ’को काम सक्न थप ६ महिना लाग्ने आयोजनाका अधिकारी बताउँछन् । सुन्दरीजल प्रशोधन केन्द्रमा आइसकेपछि पनि प्रशोधन गरी पाइपमा पानी पठाउन कम्तिमा ६ महिना लाग्ने बताइएको छ । आयोजनाका लागि ७० किमि पहुँच मार्ग निर्माण, कार्यालय स्थापना, आर्थिक व्यवस्थापन र अन्य पूर्वतयारीका लागिमात्रै ८ वर्ष समय लागेको छ । सन् २००१ बाट काम सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाले सन् २०१६ को अन्त्यमा उपत्यकामा पानी आउने बताउँदै आएको थियो । सन् २००९ को फेबु्रअरीमा एक चिनियाँ कम्पनीले पहिलो पटक आयोजना निर्माणको ठेक्का लिएको थियो । २०१० अप्रिलबाट सुरुङ खन्ने काम सुरु गरेको सो निर्माण कम्पनीले सन्तोजनक काम गर्न नसकेपछि २०१२ सेप्टेम्बरमै ठेक्का रोक्का गरिएको थियो । त्यसपछि सेप्टेम्बर २०१६ मा सक्ने गरी अक्टोबर २०१३ बाट डीईसीसी नामक कम्पनीले काम सुरु गरेको थियो । “भूकम्पले कार्यस्थलमा पुर्याएको क्षति र लगत्तैको भारतीय नाकाबन्दीका कारण मिति लम्बिएको हो,” मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर लिडर तथा परामर्शदाता शिव शर्माले भन्नुभयाे “यही मार्च २६ मा सुरुङको सम्पूर्ण काम र फिनिसिङ गरीसक्ने हाम्रो लक्ष्य छ ।” भूकम्पका कारण आयोजनासम्म पुग्ने सडक भत्किएको र खुकुलो बनाएको पहाडमा वर्खाको पानीका कारण निरन्तर पहिरो गएको, सिमेन्ट, छडलगायत निर्माण व्यवसायीहरुको बारम्बारको हड्ताल आदिका कारण सम्पन्न मिति लम्बिँदै आएको आयोजनाको भनाइ छ । भूमिगत तहमा रहेको चट्टानको कडापनमा  आइरहने फेरबदलले यन्त्र उपकरणको पूर्वतयारीमा समस्या भएकाले सुरुङ खन्न चुनौती रहेको सुरुङमा कार्यरत इन्जिनियरहरु बताउँछन् । अहिले काम भइरहेको कल्लेरी गाउँ क्षेत्रमा खुकुलो चट्टान रहेकाले बम ब्लास्ट गरी सुरुङ खन्न प्राविधिक कठिनाइ रहेको त्यहाँ कार्यरत इन्जिनियरले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल