एमाले–माओवादी एकताका लागि अझै गृहकार्य पुगेन, वामदेव गौतमको नेतृत्वमा विकास समिति गठन

७ माघ २०७४, आईतवार १८:१८ मा प्रकाशित

काठमाडाैं ७ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियाका लागि बनाउने भनिएको वैचारिक र सांगठनिक समितिका लागि अझै गृहकार्य नपुगेको भन्दै विकास समिति बनाएर आइतबारको बैठक सकिएको छ । दुवै दलका नेता सहभागी रहेको एकता संयोजन समितिको एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले विकास तथा योजनाका लागि भन्दै दुवै दलका नेता सहभागी रहेको विकास तथा योजना समिति बनाएको छ । एमालेका नेता वामदेव गौतमको नेतृत्वमा उक्त समिति बनाइएको हो । गौतमको नेतृत्वमा रहेको समितिमा वर्षमान पुन, भिम रावल, ईश्वर पोखरेल, युवराज खतिवडा, मिनबहादुर श्रेष्ठ र विजय पौडेल रहेका छन् । एमाओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार अन्य समितिका लागि अझै केही गृहकार्य आवश्यकता देखिएको छ । आइतबार बस्ने बैठकले वैचारिक र पद बाँडफाँडका लागि समिति बनाउने तयारी गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार साँभ ५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा