सडकबाटै न्याय दिने हो भने न्यायालय किन चाहियो-प्रधानन्यायाधीश पराजुली

७ माघ २०७४, आईतवार १८:१५ मा प्रकाशित

काठमाडौं ७ माघ। प्रधानन्यायाधीश गोपाल पराजुलीले संविधानको मर्मअनुसार चल्ने अदालतको न्यायिक प्रणालीमा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुन्जायस नरहेको बताउनुभएकाे छ । प्रेस काउन्सिल नेपालको अनलाइनबाटै आफ्ना उजुरी, गुनासा दर्ता गर्नसक्ने प्रणाली शुभारम्भ गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायिक प्रकृयाबाट छिनोफानो हुनुपर्ने विषयलाई रत्नपार्क, मण्डला र सडकबाट निर्णय हुने हो भने संविधान बमोजिमका संस्थाहरुको अन्त्य त्यही बिन्दुबाट हुने बताउनुभयाे । पराजुलीले भन्नुभयाे, “अदालत वा न्यायाधीश त्यस्तो संस्था वा व्यक्ति होइन, जसको कुनै  आलोचना नहोस् । मैले पटक पटक भन्दै आएको छु, अदालत र न्यायाधीशमाथि निश्चिन्त भएर लेख्नुस् । तर, त्यो लेखाइ सत्यतामा आधारित होस् ।”न्यायाधीशले कतिपय अवस्थामा अप्रिय आलोचनाहरु सुन्नुपरेको भन्दै उहाँले आलोचनाले न्यायको नियमित प्रवाहमा असर पुर्याउने बताउनुभयाे । “जब न्यायाधीशको निष्पक्षता, क्षमता र अनुचित टिकाटिप्पणी गरी सर्वसाधारण जनताको नजरमा अदालतलाई गिराउने कार्य गरिन्छ, तब त्यसले न्यायपूर्ण समाज निर्माणको गतिलाई आवरोध सृजना गर्छ,” उहाँले भन्नुभयाे, “न्यायपालिकालाई होच्याएर, विवादमा मुछेर जनसाधारणलाई अदालतप्रति अनास्था उत्पन्न हुने प्रयास गरियो र निष्पक्ष रुपमा न्याय दिन नसक्ने अवस्थामा पुर्याइयो भने त्यसको परिणाम न्यायाधीश वा अदालतले मात्रै नभएर सिंगो राष्ट्रले भोग्नुपर्ने हुन्छ ।” सञ्चारमाध्यममा प्रकाशित समाचार कति लाइक वा सेयर भयो भन्दा पनि कति सत्य छ भन्ने कुराको आत्ममूल्यांकन हुन सकेमात्र यसको विश्वसिनयता कायम हुनसक्ने बताउँदै  प्रेस काउन्सिल र न्यायालयको काम उस्तै रहेको बताउनुभयाे । प्रधानन्यायाधीश पराजुलीले पछिल्लो समय मिडियाबाट विचाराधीन रहेका कतिपय मुद्दालाई प्रभावित गर्ने गरी समाचारहरु प्रकाशन–प्रशारण हुने गरेको देखिएको भन्दै यसले गर्दा न्यायपालिकाको गरिमामा आँच आउने अवस्था आएको बताउनुभयाे । हरेक मुद्दामा एक पक्षले जित्ने र अर्को पक्षले हार्ने निश्चित हुने बताउँदै उहाँले यस्तो अवस्थामा हार्ने पक्षको संवेदनशिलतालाई मिडियाले उचाल्न नहुनेमा जोड दिनुभयाे ।

“सूचनाको हक मौलिक हक नै भएपनि सबै मौलिक हक निरपेक्ष हुँदैनन् । त्यस्ता हकको उपभोग र प्रयोगलाई निश्चित बन्देज लगाउने गरी कहीँ पनि व्यवस्था गरिएको छैन,” उहाँले भन्नुभयाे। कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुले अज्ञानता वा नियतवश प्रकाशन–प्रशारण गरेको गलत समाचारप्रति आपत्ति वा गुनासो छ भने सिधा अनलाइनमार्फत उजुरी गर्न सकिने बताउनुभयाे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ