आईपीएलको अक्सनमा सन्दिप लामिछाने

७ माघ २०७४, आईतवार ०८:१० मा प्रकाशित

काठमाडौं ७ माघ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् । आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा बोली लागे उनले आईपीएल खेल्ने अवसरसमेत पाउनेछन् । आईपीएलले अक्सनका लागि ३६० भारतीयसहित ५७८ खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा २७६ नम्बरमा सन्दिपको नाम छ । एशोसिएट देशबाट परेका उनकाे न्यूनतम मूल्य २० लाख भारु ताेकिएको छ ।अक्सन २७ र २८ तारेदमा बेङ्लुरुमा हुनेछ र फ्रान्चाइज टिमहरुले अक्सनमा रहेका खेलाडीहरुलाई आफ्नो टिममा भित्र्याउन बोली लगाउनेछन् । अक्सनमा परेका सबै खेलाडीलाई बिक्री हुन्छन् भन्ने छैन । यसअघि शक्ति गौचनले आईपीएल टिम राजस्थान रोयल्सका लागि ट्रायल लिएका थिए ।नेपाली क्रिकेट टिमका एक सदस्यका अनुसार एजेन्टमार्फत सन्दिपको नाम पठाइएको थियो । माइकल क्लार्कको सहयोगमा अष्ट्रेलियामा समेत खेलिसकेका कारण उनलाई केही सहज भएको मानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान