ओली र प्रचण्ड भेटवार्ता जारी, एजेण्डाका बारेमा छलफल

७ माघ २०७४, आईतवार ०१:३४ मा प्रकाशित

भक्तपुर, ६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ ।

आज बालकोटस्थित अध्यक्ष ओली निवासमा करिब डेढघण्टा भएको दुई नेताबीच भएको वार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठन, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ ।

भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको एजेण्डा तयार गर्न दुई अध्यक्षबीच छलफल भएको बताउनुभयो । उहाँले समितिको भोलि बस्ने बैठकले महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।

भेटवार्तामा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्टका बारेमा छलफल भएको बताइएको छ । साथै कार्यदलको बैठकमा दुई पार्टीको साझा अवधारणा बनाएर जाने र साझा दस्तावेज तयार पारेर जानेबारेमा छलफल भएको बताइएको छ । छलफलमा पार्टी एकतालाई अन्तिम रुप दिनेबारेमा समेत छलफल भएको बताइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्