विपक्षीहरुसँग सहमति गरेर अगाडि बढ्न गच्छदारलाई राष्ट्रपतिको सल्लाह

१ श्रावण २०६९, सोमबार २०:५१ मा प्रकाशित

काठमाडौ, १ साउन । राष्ट्रपति डा रामबरण यादव र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारवीच भेटवार्ता भएको छ । राष्ट्रपतिसँगको भेटकोलागी गच्छदार साँझ शितल निवास पुगेका थिए । भेटवार्तामा बजेट ल्याएपछिको अवस्था, दलहरुवीच सहमतिको सम्भावनाको विषयमा छलफल भएको थियो ।
भेटमा गच्छदारले दलहरुवीचको सहमतिको आधारमा सरकारले पूर्ण बजेट तयार पारे पनि एक तृतियांश बजेट ल्याएको उल्लेख गर्दै आंशिक बजेट पछि दलहरुवीच रहेको विश्वासको संकटमा कमि आएकोले अब सहमतिको सरकार र निर्वाचनको विषयमा समेत आम सहमति बन्ने विश्वास राखे ।
उनले आफूहरु संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा रहेकोले संविधानसभाको नयाँ निर्वाचन गर्ने विषयमा सरकारले हदैसम्मको लचकताका साथ प्रयास गर्ने भन्दै दलहरुवीच सहमतिको सम्भावना बढेर गएको विश्वास ब्यक्त गरेका थिए ।
उनले सहमतिकालागी सरकार बाधक नभई साधक भएको भन्दै राष्ट्रपतिलाई आश्वस्त पार्न चाहेका थिए ।
राष्ट्रपतिले सहमति विना निर्वाचन सहित मुलुकको राजनीतिक संकट समाधानको सम्भावना नरहेको तर्फ ध्यान आर्कषित गर्दै प्रतिपक्षी दलहरुलाई विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको