
काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराउनुभएको हो ।
राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ल हुनुहुन्छ ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुख उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन
योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने