नवराज सिलवाललाई इन्टरपोलमार्फत पक्राउ गरिने, परिवारले देश छाडे

४ माघ २०७४, बिहीबार ११:२० मा प्रकाशित

काठमाडौं, ४ माघ । विवादास्पद पूर्व डीआईजी नवराज सिलवाललाई नेपाल प्रहरीले पक्रने तयारी गरेसँगै उनको परिवारले पनि देश छाडेका छन् । ललितपुर १ बान नेकपा एमालेको तर्फबाट निर्वाचित सिलवाललाई सरकारी कागजात कीर्ते गरि अदालतमा पेश गरेको आरोप पुष्टि भएसँगै उहाँमाथि कारवाही प्रक्रिया अगाडि बढेको छ । मलेसियाबाट इन्डोनेसिया हुँदै अमेरिका पुगेका भनिएका सिलवाललाई नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याउनसक्ने बताइएको छ । सिलवालको परिवार हाल अमेरिकामा पुगेको छ ।

सिलवालले आईजीपी बढुवामा पेश गरिएको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको ठहर भइसकेको छ । नेपाल प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएपछि पूर्व डीआईजी नवराज सिलवालको परिवारले देश छोडेको हो ।
स्रोतका अनुसार ३ साताअघि सिलवाल स्थलमार्ग हुँदै भारतबाट मलेसिया पुगेको स्रोतले जानकारी दियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया जाँदा रेकर्डमा देखिने भएपछि सिलवाल स्थलमार्गबाट दिल्लीबाट त्यसतर्फ प्रस्थान गरेको प्रहरीको भनाइ छ ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट समेत सिलवाल इन्डोनेसियाको बालीतर्फ प्रस्थान गरेको मलेसियास्थित स्रोतले जानकारी दियो । अहिले सिलवाल बाली वा अन्यत्र रहेको भन्नेबारे स्रोतले यकिन गर्न सकेन । यसैगरी गत साता सांसद तथा पूर्वडीआईजी सिलवालकी पत्नी सिर्जना एक छोरीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्नुभएको छ । पूर्वडीआइजी सिलवालको भने विमानस्थलबाट बाहिर कतै गएको रेकर्ड देखिँदैन ।
केही साताअघि नै काठमाडौं परिसरले सिलवाललाई बयानका लागि उपस्थिति गराइदिन आग्रह गर्दै पत्र पठाएकोमा पुर्जी काटेकोमा महानगरीय प्रहरी परिसर ललितपुरले सिलवाल फेला नपरेको व्यहोरा पठाइसकेको छ ।
पुस १८ गते मंगलबार काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गर्दै सिलवाललाई उपस्थित गराउन भनेको थियो । काठमाडौं परिसरको पत्रपछि ललितपुर प्रहरीको टोली सिलवालको घरमा पुग्दा नभेटेपछि सोही व्यहोरा सहित काठमाडौं प्रहरीलाई जानकारी गराएको थियो ।
पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा पत्राचार भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार देशभरी पत्राचार गरेको हो।

आईजिपी बढुवासम्बन्धि मुद्दामा सिलवालले पेश गरेको कागजपत्र कीर्ते भएको सर्वोच्चको फैसलाका आधारमा उहाँमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरीरहेको छ। उपत्यकामा उनलाई फेला नपारेपछि काठमाडौं प्रहरीले प्रधान कार्यालयलाई देशभरी खोजीका लागि पत्राचार गरेको थियो। सोही आधारमा देशभरी परिपत्र भएको हो। उपत्यकामा नभेटिएपछि उनलाई पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही