यौनधन्दामा संलग्न भारतीय युवतीहरु पक्राउ

१ श्रावण २०६९, सोमबार १६:३२ मा प्रकाशित

काठमाडौं, १ साउन । घर भाडामा लिएर कोठी चलाएको अभियोगमा प्रहरीले आइतबार ललितपुर सानेपा (चक्रपथ)स्थित एक घरमा छापा मारेर एक महिलासिहत पांच युवतीलाई पक्राउ गरेको छ । भाडामा घर लिएर कोठी सञ्चालन गर्दैआएको सूचना केही अघिदेखि नै आएपछि आइतबार छापा मार्दा कोठी सञ्चालिका तारा क्षेत्री नामक भारतीय महिला प्रहरी नियन्त्रणमा परेकी हुन् । उनले प्रतिग्राहक तीनदेखि पांच हजार रकम लिएर ग्राहकलाई युवती मिलाइदिने गरेकी प्रहरीले जनायो । ललितपुर प्रहरीका अनुसार घरमा भेटिएकी सञ्चालिका तारा क्षेत्री र चारैजना किशोरी भारत दाजिलिर्ङका हुन् भने आवश्यक पर्दा ग्राहकको सन्तुष्टिका लागि उनीहरु बाहिर गएर समेत ‘सेवा’ प्रदान गर्दथे । कोठाको निरीक्षण गर्दा सो घर यौनधन्दाका लागि प्रयोग हुने गरेको पुष्टि भएको प्रहरीको दाबी छ । ताराले यौनधन्दावापत ग्राकसंग पैसा लिंदै गरेको र रकमको बार्गेनिङ गरेको भिडियो क्लिपसमेत फेला परेको प्रहरी दाबी रहे पनि सो भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका