पूर्वराजा ज्ञानेन्द्र देउती बज्यै दर्शनका लागि सुर्खेत जाँदै

३ माघ २०७४, बुधबार ०८:२८ मा प्रकाशित

 

काठमाडाै ३ माघ  ।   पूर्वराजा ज्ञानेन्द्र शाह देउती बज्यै मन्दिर दर्शनका बुधबार सुर्खेत जाँदै हुनुहुन्छ । पूर्वराजा शाहले मध्यपश्चिम क्षेत्रकै प्रशिद्ध देउती बज्यै मन्दिरमा बिहान साढे १० बजेदेखि ११ बजेम्म पूजाआजा गर्ने कार्यक्रम रहेको वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरीले जानकारी दिनुभयो । मन्दिरको दर्शनपछि दिउसो सुर्खेतका नागरिकलाई भेटेर पूर्वराजा शाह फर्किने कार्यक्रम रहेको छ । पूर्वराजालाई देउती बज्यै मन्दिर जाने मूल गेट पिपिराचोकबाटै मन्दिरद्वारसम्म फूलमालासहित स्वागत गर्ने कार्यक्रम पनि रहेको उहाँले उल्लेख गर्नुभयो । सुर्खेतमा पूर्वराजा शाहको स्वागतका लागि प्राध्यापक बलभद्र भारतीको संयोजकत्वमा ६ सय ५१ सदस्यिय स्वागत समिति पनि गठन गरिएको छ ।समितिमा पूर्व राष्ट्रिय पञ्चायत सदस्य घनश्याम गिरी, पूर्व जिविस सभापतिहरु मोतिप्रसाद सापकोटा, ओमबहादुर जिसी, वसन्त थापा, पूर्व जिविस उपसभापति तुलाराम गिरी, वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरी र पूर्व प्रधानपञ्च मानबहादुर खड्कासमेत सदस्य रहनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको