काठमाडौंका भित्री बस्तीमा चारपाङ्ग्रे सवारी निषेध

२ माघ २०७४, मंगलवार २१:०७ मा प्रकाशित

काठमाडाैं, २ माघ । काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त भएका छन्। भित्री बस्तीका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले ट्राफिक महाशाखाको सहकार्यमा माघ २ बाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गरेको हो। भिडभाडयुक्त ठाउँमा सवारी निषेध गर्दा आवागमन सहज भए पनि व्यापारिक कारोबार र आपतकालीन अवस्थामा समस्या पर्ने केही स्थानीयले औंल्याएका छन्। निषेध गरिएका क्षेत्रमा वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असन, इन्द्रचोक, मख्खन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायत पर्छन्। यहाँ बिहान ७ देखि बेलुकी ७ बजेसम्म चारपाङ्ग्रे सवारी गुडाउन पाइने छैन। ‘चारपाङ्ग्रे सवारी निषेध गरिएपछि यी क्षेत्र शान्त र खुला भएका छन्। बिहान हामी आफैं गएर यो नियमको सुरूआत गर्यौं,’ वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले भन्नुभयाे । भित्री काठमाडौं छिर्ने सडकमा ‘चारपाङ्ग्रे सवारी निषेध’ का सूचनाबोर्ड राखिएका छन्। ट्राफिक प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ। नयाँ नियमअुनसार कुनै बाटोमा चारपाङ्ग्रे पूरै निषेध गरिएको छ भने कुनैलाई एकतर्फीमा सीमित गरिएको छ। नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी लैजान सकिन्छ। एकतर्फी गरिएका अन्यमा टेंगलबाट बांगेमुढा र क्षेत्रपाटीबाट ठहिँटी हुँदै बांगेमुढा छन्। क्षेत्रपाटीबाट वसन्तपुर आउने बाटो पनि एकतर्फी बनाइएको छ। त्यस्तै, इन्द्रचोक र भोटाहिटीबाट असन छिर्ने बाटो निषेध छ। इन्द्रचोकबाट जुद्ध शालिकतिर पनि आउन पाइँदैन।

प्रतिक्रिया
सम्बन्धित खवर

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ