पुज्डमोनले विदेशबाटै शासन गर्न खोजे प्रत्यक्ष शासन जारी राखिने : राखोए

२ माघ २०७४, मंगलवार ०३:२३ मा प्रकाशित

म्याड्रिड, स्पेन, १ माघ (एएफ्पी) । स्पेनका प्रधानमन्त्रीले वेल्जियममा निर्वासनमा रहेका क्याटलोनियाको स्वतन्त्रताको पक्षमा नेतृत्व दिएका नेता काल्र्स पुज्डमोनले विदेशबाटै क्याटोलोनियामा शासन गर्न खोजे केन्द्रको प्रत्यक्ष नियन्त्रणलाई जारी राख्ने स्पेनका प्रधानमन्त्री मारियानो राखोएले सोमबार जनाउनुभएको छ ।

स्पेनको राजधानी म्याड्रिडमा आफ्नो दलका नेताहरूसँगको कुराकानीमा प्रधानमन्त्री राखोएले भन्नुभयो, “शासन गर्न ‘पुज्डमोन भौतिक रूपमा स्वदेश उपस्थित हुनुपर्ने’ यदि पुज्डमोन स्वदेश नआइकनै राज गर्ने दाउ गरेमा केन्द्र सरकारले गत अक्टोबर देखि क्याटोलोनियामा चलाएको प्रत्यक्ष शासनलाई जारी राख्नेछ ।”

पुज्डमोन गत डिसेम्बरमा भएको क्षेत्रिय संसदका लागि भएको निर्वाचनमा पुनः बहुमत प्राप्त गर्न सफल पृथकतावादी समूहका आँफू पक्षधर नेताहरूलाई प्रयोग गरी क्याटलोनियामा आफ्नो नियन्त्रण कायम राख्न खोजेको आरोप राखोएले लगाउनुभयो ।

बेल्जियममा निर्वासनमा रहेका पृथकतावादी नेता पुज्डमोनले स्वदेशमा फर्किदा राज्य विद्रोह, कानूनको उल्लङ्घन तथा सार्वजनिक कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ पर्ने खतरा देखेका कारण स्वदेश फर्किनुभएको छैन ।
स्पेनी कानून अनुसार क्षेत्रीय नेता वा प्रमुख निर्वाचित हुन सिद्धान्ततः उहाँले संसदको अधिबेशन वा नयाँ नेतृत्व चयन प्रक्रियास्थलमा भौतिक रूपमा उपस्थित हुनुपर्छ । तर पुज्डमोनले आँफूले प्रत्यक्ष भिडियो मार्फत वा मन्तव्य लेखेर यसलाई आफ्ना कुनै प्रतिनिधिको सहयोगमा संसदमा आफ्ना धारणा राख्न चाहनुभएको छ ।

कानूनी विशेषज्ञले उक्त प्रक्रिया सम्भव नदेखिएको बताएपनि यदि पुज्डमोनको चाहनालाई स्पेनले मान्यो भने पुज्डमोनले बेल्जियमबाटै औपचारिक रूपमा नेतृत्व सम्हाल्नुहुनेछ क्याटलोनियामा पुनः आफ्नो शासन कायम गर्न सफल हुनुहुनेछ ।

प्रधानमन्त्री राखोएले यसको खुलेर आलोचना गरेकाले पुजडमोनको चाहना सफल हुनेमा विज्ञहरूले शङ्का व्यक्त गरेका छन् ।

क्याटलोनियामा जारी केन्द्रको प्रत्यक्ष शासनलाई स्वतन्त्रताको घोषणापूर्व स्वशासित रहेको यस क्षेत्रका जनताले रुचाएका छैनन् । यसैका कारण प्रधानमन्त्रीले क्याटलोनियाको सरकारलाई बर्खास्त गरी, संसदको भङ्ग र गत डिसेक्बरमा मध्यावधी निर्वाचन गर्नुभएको थियो । निर्वाचनबाट पनि पृथकतावादी समूहले नै भारी बहुमत पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष