आजदेखि देशभर लोकल कल, एक रुपैयाँ मात्र लाग्ने

१ श्रावण २०६९, सोमबार १५:०८ मा प्रकाशित

काठमाडौ, १ साउन । नेपाल टेलिकमले आजदेखि एक रुपैयाँमै एसटिडी कल गर्न पाइने व्यवस्था गरेको छ । आजदेखि लागु हुने गरी टेलिकमले मुलुकभरका जुनसुकै जिल्लामा कल गर्दा लोकल कलबाटै गर्न सकिने व्यवस्था मिलाइसकेको छ । ल्यान्डलाइन टेलिफोन सेवा तथा सिडिएमए मोबाइल फोनमा लगाउँदै आएको एसटिडी सुविधा हटाएपछि अब एक रुपैयाँमा देशको कुनै पनि जिल्लामा फोन गर्न सकिन्छ । ग्राहकलाई एसटिडीको शुल्कबाट मुक्त गराउँदै प्रतिष्पर्धी सेवा दिने उद्देश्यले यस्तो सेवा दिइएको टेलिकमका सहप्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो । यो सुविधा अन्तरदेशीय सुविधा नभएका सम्पूर्ण ल्यान्डलाइन तथा सी–फोनबाट पनि अर्को अञ्चलमा रजिस्टर्ड भएको जिएसएम तथा सिडिएमए मोबाइल सेवामा कल गर्न सक्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।  कम्पनीको ल्याण्डलाइन तथा सी–फोनसेवाबाट कम्पनीको जिएसएम तथा सिडिएमए मोबाइलमा कल गर्दा मुलुकभर प्रतिमिनेट करबाहेक एक रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र