देवघाटमा माघे संक्रान्ति मेला, हिन्दी गीत बजाउन निषेध

१ माघ २०७४, सोमबार ०९:४५ मा प्रकाशित

चितवन १ माघ। त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेला भर्न आउनेहरुको भिड बढ्न थालेको छ । हरेक वर्ष माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला लाग्दै आएको छ ।  मेला स्थलमा हिन्दी गीतहरु बजाउन रोक लगाइएको छ । मदिरा, धुमपान, मद्यपान र मासु सेवनलाई रोक लगाइएको छ । देवघाटको संगमस्थलमा नुहाउनका लागि देशका विभिन्न भागहरुबाट भक्तजनहरु यहाँ आउने गर्दछन् । आइतबार राति नै देवघाटमा आएर भजनकिर्तन गर्ने, धुनी जगाउने र माघे संक्रान्तिको दिनमा नुहाउने गर्दछन् । देवघाट क्षेत्र विकास समितिले मेला व्यवस्थापनको लागि १५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरी आवश्यक तयारी पूरा गरेकोे देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयाे । डिभिजन सडक कार्यालय भरतपुरको सहयोगमा देवघाट जाने सडकको मर्मत गरिएको छ भने, मेला अवधिभर बिजुली नजाने व्यवस्था गरिएको छ । ‘बिजुलीको समस्या नहोस् भनेर विद्युत् प्राधिकरण भरतपुरले बढी क्षमताको ट्रान्समिटर जोडेको छ,’ अध्यक्ष पौडेलले भन्नुभयाे । आकस्मिक उद्धार एवम् सुरक्षाको व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार, शौचालय, बिजुलीलगायतको व्यवस्थामा कुनै कमजोरी नहुने गरी तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयाे । यस वर्ष वृद्धवृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको छ । डुंगा र र्‍याफ्टिङ सयरमा अशक्त, अपांग, वृद्धवृद्धाहरुलाई निःशुल्क गरिएको छ । देवघाटतर्फ जाने र आउने झोलुङे पुलमा एकपटकमा चितवनतर्फबाट ५० जना र तनहुँ तर्फबाट ५० जना आउन जान मिल्ने गरी व्यवस्था मिलाइएको छ । २०३७ सालमा बनेको पूल जीर्ण बनेकाले कुनै दुर्घटना नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको छ । मेलास्थलमा निषेध गरिएको मदिरा सेवन गरे प्रशासनले नियन्त्रणमा लिने देवघाट मेला व्यवस्थापन समितिले जनाएको छ । मेला स्थलमा भक्तजनको सुरक्षाको लागि पर्याप्तमात्रामा सुरक्षाकर्मी खटाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयाे। रामनगर, दासढुंगा, ठिमुरा र आँपटारीमा प्रवेशद्वार बनाइएको छ । मेला स्थलमा व्यवसाय गर्नेहरुले चर्को मूल्यमा सामग्रीहरु बेचबिखन भएको गुनासो बढेपछि यस वर्षदेखि मेला व्यवस्थापन समितिले नै मुख्य सामग्रीहरुको मूल्य तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक