एमाले-माओवादी बैठक, दुई मुख्यमंत्री र चार सभामुखमा माओवादीको दावी

१ माघ २०७४, सोमबार ००:५८ मा प्रकाशित

काठमाडौँ, ३० पुस । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले दुई मुख्यमंत्री र चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेशसभा सभामुख र राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा बैठकमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने जानकारी दिए ।

यस अघि राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस