माओवादीले माग्यो दुई मुख्यमन्त्री र चार सभामुख

३० पुष २०७४, आईतवार १९:४९ मा प्रकाशित

काठमाडौं ३० पुस। माओवादी केन्द्रले संयुक्त कार्यदलमा दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ ।आइतबार बसेको दुई दलीय कार्यदलमा माओवादी नेताहरुले आफ्नो प्रस्ताव अघि सारेका हुन् । एमालेले यसबारे अध्यक्षद्धयसँग परामर्श गरेर टुंगोमा पुग्ने जवाफ दिएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी नेताहरुले एमालेले चार र आफूहरुले दुई मुख्यमन्त्री लिने प्रस्ताव गरे । यस्तै प्रदेशसभाको सभामुख भने आफ्नो दलले चार र एमालेले दुई मात्र दिने उसको प्रस्ताव छ । कार्यदलमा एक सदस्यले भने, ‘एमालेले मुख्यमन्त्री लिएको ठाउँमा माओवादीलाई सभामुख र माओवादीले मुख्यमन्त्री लिएको प्रदेशमा एमालेले सभामुख लिने प्रस्ताव आएको छ ।’ एमाले र माओवादीको ६ वटा प्रदेशमा बहुमत छ । प्रदेश २ मा भने मधेस केन्द्रीय दलको बहुमत पुगेको छ । राष्ट्रियसभामा भने मतका आधारमा सिट बाँडफाँट गर्ने माओवादी प्रस्ताव रहेको एक नेताले जानकारी दिए । बैठकपछि एमाले नेता एवं कार्यदलका संयोजक सुवास नेम्वाङले शीर्ष नेताहरुसँग परामर्श गरेर मंगलबार टुंगो लगाइने बताउनुभयाे । स्वास्थ्य उपचारका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार स्वदेश र्फकने कार्यक्रम छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रारम्भीक प्रस्ताव आएको भन्दै बुधबार टुंगोमा पुग्ने बताउनुभएकाे छ । ‘आज हामीले सिटहरुका बारेमा प्रारम्भीक छलफल र प्रस्तावहरु राखेका छौं र केही मापदण्डमा छलफल गरेका छौं’ बैठकपछि अनन्तले भन्नुभयाे, ‘सात वटै प्रदेशमा रहेको मतको अध्ययन गर्‍यौं । प्रदेश मुख्यमन्त्री, सभामुख उपसभामुखको के हुनसक्छ भनेर छलफल गरेका छौं ।’ राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनको लागि गृहकार्य गर्न एमाले र माओवादीले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा दुबै दलका ३/३ नेता छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा