धादिङ कृष्णभिर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

१ श्रावण २०६९, सोमबार १२:०९ मा प्रकाशित

धादिङ, १ साउन । उदयपुरको कटारीबाट काठमाण्डु आउँदै गरेको रात्रीबस धादिङको धुषा गाविस वडा नम्बर १ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरवाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ६ जनाको घटनास्थलमै र बाँकी उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बाँकी १५ जना घाईते भएका छन् ।  ना २ ख ४९५१ नम्बरको बस आज बिहान ४ बजेतिर धादिङको धुषा गाविसस्थित कृष्णभिरबाट त्रिशुली नदीमा खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा नुवाकोटका दिपकप्रसाद खनाल, उदयपुरका खोगबहादुर धमला र आर्टीलरी तालिम केन्द्र काठमाण्डुका अमलदार सुकबहादुर कार्की, सिन्धुलीका २७ वर्षिय कोशिस घिमिरे, उदयपुरकी २१ वर्षिया रुकु मगर र अन्दाजी ३ वर्षीया एक बालिका छन् । दुर्घटनामा घाइते भएका मध्ये १३ जनाको स्टार हस्पिटल काठमाण्डुमा र २ जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भएको थियो ।  घटनास्थलमा राजमार्ग उद्धार स्यमंसेवकको टोली, नेपाली सेना, जनपथ र ससस्त्र प्रहरीको टोलीले उद्धार गरेका थिए । लगातारको बर्षा संगै त्रिशूली नदीमा पानीको बहाब बढेका कारण उद्धार कार्यमा कठिनाई भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक विनोद घिमिरेले बताउनुभयो । वेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ ।  कटारीवाट ५२ जना यात्रु लिएर हिँडेको बसले बीच बाटोमासमेत यात्रु चढाएकोले ६० जना भन्दा बढि यात्रु बसमा सवार रहेको हुन सक्ने घाइतेहरुले बताएका छन् । बस दुर्घटनाको कारण खुल्न नसकेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा