भारतीय राजदूत पुरी सीमा नाकाको निरीक्षणमा

३० पुष २०७४, आईतवार ०९:३६ मा प्रकाशित

इलाम ३० पुस। भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताउनुभएकाे छ । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आउनुभएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताउनुभएकाे हाे । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईलगायतका जनप्रतिनिधिसँग कुराकानी गर्दै उहाँले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत आफूले पहल गर्ने विश्वास दिलाउनुभयाे । ‘हामी दुई देशको सीमा क्षेत्रको भौतिक संरचनाको विषयमा हेर्दैछौँ, दुवै क्षेत्रका नागरिक र व्यापारका लागि सहज बनाउने प्रयत्न गर्छु,’ राजदूत पुरीले भन्नुभयाे । झापाको काँकडभिट्टा नाकाको निरीक्षणपछि इलाम आउनुभएका राजदूत पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गर्नुभयाे । जनप्रतिनिधि र पशुपतिनगरका व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, सीमा सडक विस्तार तथा स्तरोन्नति, क्वारेन्टाइन र अध्यागमन कार्यालय तत्काल खोल्न माग गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९