देश अब आर्थिक क्रान्तितर्फ अगाडि बढ्छ : प्रचण्ड

३० पुष २०७४, आईतवार ०८:०९ मा प्रकाशित

काठमाडौँ,३० पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी क्षेत्रलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको सन्तुलनको खाँचो औँल्याउँदै सरकारले निर्दिष्ट गरेको क्षेत्राधिकारभित्र रही सहकारीले कार्य गरेमा सामाजिक समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले राजनीतिक क्रान्ति सकिएर मुलुक अब आर्थिक क्रान्तितर्फ अगाडि बढेको अहिलेको अवस्थामा जनतालाई आर्थिकरुपमा सम्पन्न गराउनका लागि सहकारी क्षेत्रको महत्व रहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले मुलुकमा अर्थतन्त्रको दिगो विकासका लागि सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादितरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, प्रदेशसभा सदस्य पशुपति चौलागार्इं र केशव पोखरेललगायतले सहकारीलाई राज्यले अर्थतन्त्रको तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाका रुपमा लिएको बताउँदै यसको विकासका लागि पनि ध्यान दिनुपर्ने बताउनुभयो । सहकारीका अध्यक्ष केबी उप्रेतीले प्रगति प्रतिवेदन, नीति, कार्यक्रम तथा आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक राजु पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो  साधारणसभाबाट संस्थाले आर्थिक वर्ष २०७३/७४ को कारोबारबाट आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत मुनाफा प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको