गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता, शनिबार अनशन तोड्दै

२९ पुष २०७४, शनिबार ०१:३४ मा प्रकाशित

काठमाडौँ, २८ पुस । त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी र नेपाल सरकारबीच शुक्रवार साँझ पाँच बुँदे सम्झौता भएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भई भोलि अनशन तोडने सहमति भएको छ ।

डा केसीका सहयोगी डा. अभिषेकराज सिंहले भोलि डां केसीले अनशन तोड्ने जानकारी दिनुभयो । उहाँ पाँच दिनदेखि अनशनमा हुनुहुन्छ । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उहाँले अनशन शुरू गरेका थिए ।

सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका केसीलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।
शनिवार बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीले अनशन तोड्नु हुने डा सिहले जानकारी दिनुभयो । यसपटकको अनशन डा केसी १४औं आमरण अनशन हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल