आजदेखि आङ्गीक क्याम्पस र अनुसन्धान केन्द्रहरू खुले

१ श्रावण २०६९, सोमबार १०:५२ मा प्रकाशित

काठमाडौ, १ साउन । एक वर्षदेखि बढेको तलब र पोसाकभत्ता उपलब्ध गराउन सरकारले सहमति जनाएपछि आजदेखि मुलुकभरका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गीक क्याम्पस र अनुसन्धान केन्द्रहरू खुलेका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका सचिव नन्दकिशोर सिंहले सरकारको प्रतिबद्धतापछि आन्दोलन फिर्ता लिइएकोे जानकारी दिनुभयो । अर्थमन्त्री वर्षमान पुन, शिक्षामन्त्री दीनानाथ शर्मा, अर्थसचिव कृष्णहरि बाँस्कोटा, शिक्षासचिव किशोर थापा सहितका त्रिवि पदाधिकारीसँग भएको वार्तामा सरकारले तलबभत्ता उपलब्ध गराउन सहमत भएपछि आन्दोलन फिर्ता लिइएको सिंहले बताउनुभयो । सरकारले तलब भत्ताबापत लाग्ने रु ८० करोडमध्ये  शिक्षा मन्त्रालयबाट रु ४०  करोड र अन्य रकम शोधनान्तर गरी उपलब्ध गराउन लागेको हो । सङ्घले तलबभत्ता पाउनुपर्ने माग राख्दै गत बिहीबार र शुक्रबार मुलुकभरका ६० वटा आङ्गीक क्याम्पस र ४ अनुसन्धान केन्द्र बन्द गराउँदा पठनपाठन प्रभावित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक