आजदेखि २२ जिल्लामा एकल खाता कोष प्रणाली लागू

१ श्रावण २०६९, सोमबार १०:४८ मा प्रकाशित

काठमाडौ, १ साउन । सरकारी कार्यालयहरूमा कोष प्रणालीको आधुनिक ढाँचा अवलम्बन गर्न आजदेखि थप २२ जिल्लामा एकल खाता कोष प्रणाली लागू हुने भएको छ । सरकारी कार्यालयहरूका नाममा रहेका बैँक खाताहरूलाई एकीकृत गरी जिल्लास्थित सबै सरकारी कार्यालयको कारोवार एकल खातामार्फत सञ्चालन गर्न यो प्रणाली लागू गर्न लागिएको महालेखा नियन्त्रक प्रतापकुमार पाठकले जानकारी दिनुभयो । कमीकमजोरी सुधार गरी आधुनिक कोष प्रणालीको अवलम्बनबाट वित्तीय एवम् खर्च व्यवस्थापन र नगद व्यवस्थापनको कार्यलाई सुदृढ, प्रभावकारी बनाउन एकल खाता प्रणाली लागुगर्न लागेको पाठकले बताउनुभयो । एकल खाता कोष प्रणाली लागू भएका जिल्लामा सरकारी कार्यालयको बजेट खर्च, राजस्व जम्मा तथा धरौटी कारोवार सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका नाउँमा खोलिएका एकल खाताको माध्यमबाट सञ्चालन हुनेछ । २०६६ मङ्सिर १ गते भक्तपुर जिल्लाबाट लागू गरिएको यो प्रणाली हालसम्म ३८ जिल्लामा विस्तार भइसकेको छ । आजदेखि पाँचथर, तेह्रथम, सुनसरी, सप्तरी,सल्यान, प्यूठान, रोल्पा, दैलेख, डोटी, वैतडी लगायतका २२ जिल्लामा लागू गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध