राष्ट्रिय एकता दिवसका अवसरमा नुवाकोटमा बालन भजन उत्सव

२८ पुष २०७४, शुक्रबार ०२:०८ मा प्रकाशित

त्रिशूली, नुवाकोट, २७ पुस । राष्ट्रिय एकता दिवसका अवसरमा लोप हुँदै गएको परम्परागत संस्कृतिलाई प्रचारमा ल्याउन सञ्चालन गरिएको वालन भजन उत्सव आज सम्पन्न भएको छ । 

परम्परागत संस्कृतिको संरक्षणका लागि पछिल्लो समयमा क्रियाशील हुँदै आएको बसिवियाँलो समूहले विदुर–५ देवीघाटमा प्रतियोगिता सञ्चालन गरेको अभियानकर्मी हरिकृष्ण श्रेष्ठले बताए । लोप हुन लागेको भजन र बालनलाई उत्सवले थप हौसला प्रदान गर्ने र भावी पुस्तालाई संस्कृति संरक्षणमा लाग्न प्रेरणा दिने अर्का अभियानकर्मी क्षीतिज थापा मगरले बताए । पृथ्वीनारायण शाहको समाधिस्थलमा आयोजित उत्सवमा नुवाकोटका छ समूहले सहभागिता जनाएका थिए ।
प्रतियोगितात्मक बालन भजन उत्सवमा पहिलो हुनेलाई रु. १५ हजार, दोस्रो हुनेलाई रु. १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार र उत्कृष्टलाई रु सात हजार ५०० प्रदान गरियो । प्रतियोगितामा पञ्चकन्या सांस्कृतिक समूह बेल्कोटगढी पहिलो, बाघभैरुम भजन समूह भैररुमकोट दोस्रो र कालिका भजनमण्डली हर्कपुर तेस्रो भएको छ । उत्सवमा राधाकृष्ण भजन समूह उत्कृष्ट भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको