एकीकृत माओवादीको विस्तारित बैठक स्थगित

१ श्रावण २०६९, सोमबार १०:४६ मा प्रकाशित

काठमाडौ, १ साउन । पार्टीको भावि कार्यदिशा तय गर्ने बारेमा छलफल गर्न आज बाट सुरु हुने भएको एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । धादिङको कृष्णभीरमा भएको बस दुर्घटनामा विस्तारित बैठकमा भाग लिन आएका कार्यकर्ताको मृत्यू भएको भन्दै माओवादीले आकस्मीक रुपमा स्थगित गरेको हो । चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकबाट प्राप्त सुझाव समेटेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम थियो ।  विस्तारित बैठकको दिउँसो साढे एक बजेपछि उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । पार्टी विभाजनपछि आयोजना गरिएको विस्तारित बैठकमा पार्टीको भावी कार्यदिशा र विगतको समीक्षा तथा आगामी महाधिवेशनको मिति तोक्ने बारेमा छलफल हुने स्थायी समिति सदस्य कृष्णबहादुर महराले बताउनुभएको थियो । भेलामा देशभरका करिब पाँचहजार ५ सय कार्यकर्ताको उपस्थिति रहने तय गरिएको थियो । एकीकृत माओवादीले पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको संयोजकत्वमा नेवाः राज्य समिति र ताम्सालिङ राज्य समितिका पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य र राज्य समितिअन्तर्गत रहेका सल्लाहकार सम्मिलित व्यवस्थापन समिति गठन गरेको थियो । भृकुटीमण्डपको प्रदर्शनी हलमा विस्तारित बैठक सञ्चालन हुने कार्यक्रम थियो । बैठकको सुरक्षाका लागि एक हजारभन्दा बढी स्वयम्सेवक परिचालन गरिने तय भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा