डा.केसीलाई तारेखमा छोड्न सर्वाेच्चकाे अादेश

२६ पुष २०७४, बुधबार १८:५७ मा प्रकाशित

काठमाडाैं, २६ पुस:सर्वोच्च अदालतले अपहेलना मुद्दा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उहाँलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो। सो इजलासले केसीले उठाएको माग बमोजिम प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ। अदालतकाे अादेशमा भनिएको छ- गोपाल पराजुलीकाे नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी  झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनू। अदालत शशी शर्माको मुद्दाको पुस २३ गते भएको फैसलाको मिसिलसमेत मागेको छ। सर्वोच्चले गोविन्द केसीले बयानमा न्यायसम्पादन गर्ने न्यायाधीशहरूलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन। स्वच्छ अालोचनामात्र गरी अदालतलगायत समाजलाई घच्घच्याएको हुँ भनेका कारण उहाँकाे स्वास्थ्य अवस्थालाई विचार गर्दै पछि ठहरबमोजिम हुने गरी रिहा गर्न अादेश दिएको हो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना