१५ दिनमा पार्टी एकता-केपी ओली

२६ पुष २०७४, बुधबार १६:२० मा प्रकाशित

काठमाडौं २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ दिनमै दुई पार्टी एक हुने बताउनुभएकाे छ । उपचारका लागि बैंकक जाने क्रममा त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष अाेलीले  यस्तो बताउनुभएकाे हाे । ओलीले तत्कालै प्रदेश प्रमुख र प्रदेशको मुकाम तोक्न अनुरोध गर्नुभएकाे छ । यसअघि यो सरकारले चयन गरेका प्रदेश प्रमुखसँग सपथ ग्रहण नगर्ने बताएका ओलीले आज भने तत्कालै प्रमुख र अस्थायी मुकाम तोक्न आग्रह गर्नुभएकाे छ । प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष दिन तयार हो ? भन्ने पत्रकारको जिज्ञासामा अाेलीले भन्नुभाे “१५ दिनमा नै पार्टी एकता हुँदैछ । को हुन्छ भन्ने त्यसबेला नै थाहा पाउनुहुनेछ ।” उहाँले  संविधानअनुसार संवैधानिक निकायै नै नचलेको बताउनुभयाे । जनमतको अवमूल्यन भइरहेको  अध्यक्ष अाेलीकाे दावी थियाे ।  एमाले र माओवादीबीच एकता हुन नदिने षडयन्त्र भइरहेको बताउँदै , “कानुन के हो भन्नेबारे गोविन्द केसीसँग सोध्न पनि अनुराेध गर्नुभएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई