रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि

२५ पुष २०७४, मंगलवार १७:४३ मा प्रकाशित

पोखरा, २५ पुस : सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ ।
यस वर्ष विजेता टोलीले  सात लाख एक हजार र उपविजेताले  तीन लाख ५१ हजार , ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् । गत वर्ष विजेताले  पाँच लाख एक हजार र उपविजेताले  दुई लाख ५१ हजार पाएका थिए । यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १२ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिने टोलीमा मनाङ मस्र्याङ्दी, एपिएफ क्लब, संकटा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब भारत, रमपम झापा ११, उत्तर वरिन्धारा क्लब बंगलादेश, त्रिभुवन आर्मी, नेपाल पुलिस, धरान फुटबल क्लब, सुदूरपश्चिम–११, थ्री स्टार र आयोजक सहारा क्लब छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित