एमाले–माओवादी एकता संयोजन समिति बैठक जारी

२५ पुष २०७४, मंगलवार १४:१२ मा प्रकाशित

 

काठमाडौँ २५ पुस:  नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक मंगलबार अहिले बसिरहेकाे छ ।  निर्वाचन लगत्तै एकता गर्ने सहमतिमा पुगेका दुई दलबीचको एकता संयोजन समिति बैठकमा तीनवटा एजेन्डामा छलफल हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जानुअघि पार्टी एकतालाई मूर्तरुप दिने निचोडमा पुगेका दुई दलबीचको आजको बैठकमा पार्टी एकताका लागि संयुक्त कार्यदल निर्माण, एकीकृत पार्टीको वैचारिक नीतिको स्वरुप निर्माण र सांगठानिक संरचनाबारे छलफल हुने छ । ‘पार्टी एकताप्रक्रिया धेरै अगाडि बढिसकेको छ । दुई दलबीचको एकता संयोजन बैठकले तीनवटा एजेन्डामा छलफल गर्नेछ’, ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले भन्नुभयाे, ‘यौ बैठकले एकता प्रक्रियालाई औपचारिकरुपमा अघि लानेछ ।’

वैचारिक नीतिमा विवाद

दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक नीति के हुने भन्ने विवादको निचोड निस्किसकेको छैन । एमालेले माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो प्रमुख विचार मान्दै आएको छ भने माओवादी केन्द्रले माओत्से तुङको विचारधारालाई प्रमुख मान्दै आएको छ ।

यो अवस्थामा एमालेभित्र वैचारिक नीतिलाई अझ धेरै विवाद छ । एमालेका उपमहासचिव घनश्याम भुसालले एकतासँगै तत्कालीन महासविच मदन भण्डारीबाट प्रतिपादित जवजको ‘च्याप्टर क्लोज’ नै भइसकेको बताएका छन् ।
अर्कातिर एमालेकै अर्को खेमाका केही नेताहरुले भने च्याप्टर क्लोज नभइ जबजको औचित्य अझै बढेको बताउँदै आएका छन् । माओवादी केन्द्रमा पनि नयाँ पार्टीको वैचारिक नीतिमा विवाद छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबज नेपाली कम्युनिस्टको मौलिक विचार भएको भन्दै त्यसलाई स्वीकार्न समस्या नहुने बताइसक्नु भएकाे छ ।  तर, यी दुई पार्टीको एकीकरणपछि बन्ने नयाँ पार्टीले मालेमावाद, माओवादी र जबजलाई मिलाएर एकीकृत वैचारिक नीति बनाउने याँ नयाँ विचार नीति अपनाउने कुराको निचोडमा पगिसकेका छैनन् ।

 

कार्यदल बन्दै

बालकोटमा बसेकाे बैठकबाट एकताका लागि वैचारिक-राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाइने भएको छ । आइतबार साँझ ओली निवासमा भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले कार्यदल बनाई एकता प्रक्रिया अघि बढाउने जिम्मा उसैलाई दिने सहमति गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ ।