सर्वोच्चको आदेशपछि डा. केसी अनसन स्थलबाटै पक्राउ

२४ पुष २०७४, सोमबार २२:०६ मा प्रकाशित

काठमाडौं, २४ पुस  । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले सोमबार ४ बजेबाट १४ औं आमरण अनसन थाल्नुभएको थियो । आफ्नो अनसनका क्रममा चार वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसी आक्रोसित हुनुभएको थियो । अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर उहाँले अदालतमा न्यायको किनबेच हुने गरेको दाबी गर्दै  प्रधानन्यायाधीश पराजुलीलाई माफियाको डनको संज्ञा दिनुभयो । तर, त्यसको केहीबेरमै डा. केसीविरुद्ध अदालतको मानहानीको मुद्दा मात्र परेन पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश आयो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी भोलि विहान ९ बजे उपस्थित गराउन आदेश दियो । अदालतको आदेश आएको तीन घन्टापछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डा. केसीलाई अनसन स्थलबाटै उठाएको हो । प्रहरीले पक्राउ पूर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेका डा. केसी ‘अदालतको फैसलालाई नमान्ने तर, कानुनी प्रक्रियालाई सम्मान गर्ने’ भन्दै प्रहरी टोलीसँगै जान तयार हुनुभएको छ । डा. केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो । उहाँलाई अहिले सिंहदरबार बृत्तमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्