पुनरागमन खेलमा थ्री स्टार झापासँग भिड्दै

२४ पुष २०७४, सोमबार १३:५० मा प्रकाशित

 

काठमाडाैं, २४ पुस: पुनरागमनको पहिलो खेलमा थ्री स्टारले मोफसलको सफल टोली झापा–११ सँग धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा प्रतिस्पर्धा गर्दैछ । खप्तड गोल्ड कपको लागि थ्री स्टार गत बिहिबार नै धनगढी प्रस्थान गरेको थियो । खप्तडको तयारीका लागि थ्री स्टारले मंसिर अन्तिम साताबाट प्रशिक्षण थालेको थियो । थ्री स्टारले आफ्नो केही पुराना खेलाडीलाई यथावत राख्दै राष्ट्रिय टोलीका स्टार विमल घर्तीमगर र अनन्त तामाङलाई पनि क्लबमा अनुबन्ध गरेको छ । अनुभवी र केही नयाँ खेलाडी लिएर टिम निर्माण गरेको थ्री स्टार आफ्नो पुरानो छवि फर्काउने लक्ष्यसहित मैदान उत्रनेछ । थ्री स्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताको बिदाईमा टिम सन्तुलित रहेको बताए । ‘यो भन्दा अघि थ्री स्टार कस्तो थियो सबैलाई थाहा छ । भोलिको दिनमा पनि थ्री स्टार उत्तिकै सशक्त भएर आउनेछ ।’ प्रशिक्षक केसीले भने, ‘क्लबको एक वचनमा पुराना खेलाडीहरु टिममा फर्केका छन् । यो खेलाडीको क्लबप्रतिको समर्पण हो । यसबाहेक यू–१९ का केही र तीन विदेशी खेलाडी हामीसँग छ । हामी समर्थकलाई निराश नपार्ने र बलियो चुनौति दिने गरि तयारी अघि बढाउने प्रयासमा छौं ।’ थ्री स्टारका कप्तान विक्रम लामाले पनि बिदाई कार्यक्रममा थ्री स्टार फुटबलमा फर्किँदा उत्साहित रहेको बताए । ‘यो १४ महिनाको बीचमा हामीले अलग-अलग क्लबबाट खेल्यौं । सबै आर्थिक तवरबाट खेल्यौँ । आफ्नै क्लबबाट खेलेको जस्तो कहिल्यै भएन । यसरी डुलेर खेलेर आत्मसन्तुष्टी पाउन नसकिने रहेछ ।’

कप्तान विक्रमले भने, ‘अब फेरि हामी आफ्नो क्लबबाट खेल्दैछौं । सफल इतिहास भएको क्लबको प्रतिष्ठालाई अझै बढाउने हाम्रो प्रयास हुनेछ ।’ यस्तै कप्तान विक्रमले खेल्ने वातावरण सिर्जना गरिदिएकोमा क्लबप्रति आभार व्यक्त गर्दै अब खेल, क्लब र सम्पूर्ण फुटलबकको लागि हुने बताए ।
थ्री स्टारमा कप्तान विक्रम लामासहित निराजन खड्का, गोलकिपर एलन न्यौपाने, विजय धिमाल, रेजिन धिमाल, विदेशी खेलाडी पिटर, मार्टिन र लावल जस्ता खेलाडी रहेका छन् । राष्ट्रिय टोलीका दुई स्टार विमल घर्ती मगर र अनन्त तामाङलार्ई पनि थ्री स्टारले ६ महिनाको सम्झौता गरेको छ । विमलले यसअघि थ्री स्टारबाट खेलसिकेका छन् भने, अनन्त तामाङ, विश्वास श्रेष्ठ, पूर्ण चेम्जोङले थ्रीस्टारबाट डेब्यु गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा