फेसबुकमा फोटो कसरी राम्राे देखाउने? यि कुरामा ध्यान दिनुहाेस

२४ पुष २०७४, सोमबार १३:३९ मा प्रकाशित

काठमाडाैं, २४ पुस: फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ । फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले काहीँ त फोटो नै बिग्रने गर्छ । यसबाट बच्नका लागि फेसबुकले फोटोलाई अटोमैटिकली एक डिफल्ट साइजमा परिवर्तन गरिदिन्छ । सोही कारण फोटोका नराम्रो देखिएको हो ।रेगुलर फोटोको लागि फेसबुकले डिफल्ट साइज ७२० पिक्सेल, ९२० पिक्सेल, २०४ पिक्सेलको मापदण्ड राखेको छ । जबकि कभर फोटोका लागि यो साइज ८५१ देखि ३१५ पिक्सेल मात्रै हो ।

फेसबुकले हाई क्वालिटी फोटोलाई कम्प्रेस गरेर त्यसको क्वालिटी पनि घटाइ दिने गर्छ । यस्तो अवस्थामा तपाईले यी टिप्सलाई ध्यान दिनु उपयुक्त हुन्छ ।

१ फोटो अपलोड गर्नुभन्दा पहिला इमेज एडिट प्रोगामको माध्यमबाट फेसबुकको डिफल्ट साइजमा सेभ गर्ने ।

२ कम्प्रेशनबाट बच्नका लागि १०० केबीभन्दा कम फाइल साइजलाई कभर फोटोमा अपलोड गर्ने ।

३ फेसबुकले तपाईलाई एइआरजीबी कलर प्रोफाइलका साथ जेपीईजी फर्मेटमा फोटो सेभ गर्ने सल्लाह दिन्छ ।

४ फोटो अपलोड गर्ने बेला हाई क्वालिटी चेक बक्समा टिक गर्न नभुल्नु होला । यो बक्स तपाईको अपलोडिंग वीण्डोको बाँयातर्फ दिखिनेछ । यति काम गर्नु भयो भने तपाईको फोटो फेसबुकमा पहिलाकै जस्तै राम्रो र क्वालिटीको देखिनेछ ।

– एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे 

प्रतिक्रिया
सम्बन्धित खवर

न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आफ्नै प्रेमिकासंग विवाह गर्ने भएकी छन्। अर्डर्नले यो वर्षको अन्तिम वा अर्को वर्षको सुरुवातमा विहे गर्ने

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको