
काठमाण्डौ २४ पुसः कलाकार तथा समाजसेवी सिताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पार्नुभएकाे छ । एक टेलिभिजन कार्यक्रमा सिताराम कट्टेल (धुर्मुस) ले काम गर्ने सिलसिलामा अनियमितताको आशंका हुनु स्वभाविक भए पनि धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग आएको पैसा पारदर्शी ढंगले परिचालन भइरहेको बताउनुभएकाे छ। समाजसेवाका लागि उठाइएको रकमबाट एक रुपैयाँ मात्रै हिनामिना भएको प्रमाणित भए पनि आफू मर्न तयार रहेको धुर्मुसले बताउनुभयाे । “एक रुपैयाँ मात्रै पनि मैले खाएको रहेछु भने म मरे सरह हो ।” उहाँले भन्नुभयाे । हालसम्म देश–विदेशमा रहेका नेपालीबाट १७ करोड रुपैयाँ संकलन भएको र त्यो पैसा वस्ति निर्माणमा प्रयोग गरिएको उहाँले बताउनुभएकाे छ । पछिल्लो समय फाउन्डेसनले विश्वले चिन्ने गरी नमुना नेपाल निर्माण गर्ने अभियानमा लाग्नुभएकाे छ । ड्रिम प्रोजेक्ट’ नमुना नेपाल बनाउन धुर्मुस–सुन्तलीले दक्षिणी ललितपुरको लेलेमा जग्गा पाएको छ । विभिन्न जिल्लाका २२ ठाउँको अवलोकनपश्चात नमुना नेपाल ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खावा डाँडामा जग्गा फेला परेको सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिनुभयाे ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । भर्सस्टाइल गायक रूद्रसेन विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘आबन बैठ भट्भटिया प’ वर्ल्डवाईड रिलिज गरिएको छ । भिडियोमा उनी
काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई
भारतको आयकर विभागले ६ सय ५० करोड रुपैयाँ भन्दा बढीको हिनामिना भएको विवरण सार्वजनिक गरेको छ । हिनामिनाको आरोपमा विभागले
काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो