कांग्रेसभित्र संसदीय दलको नेता बन्न दौडधुप सुुरु

२४ पुष २०७४, सोमबार १३:२० मा प्रकाशित

 

काठमाडौं, २४ पुस : नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने र सार्न हुँदैन भन्ने मत बाझिएको छ । संसदीय दलको नेतामा देउवालाई नउठ्न उनकै खेमाका नेताहरुले सुझाएका छन् । तर देउवा भने परिस्थिति हेरेरमात्रै निर्णय गर्ने पक्षमा उभिनुभएकाे छ । प्रकाशमान सिंह चुनावी मैदानमा उत्रिने सम्भावना बढेसँगै अहिले यस्तो चर्चा सुरु भएको छ । सिंहले आन्तरिक रुपमा सभापति देउवासँग चुनाब लड्ने सम्भावना बढेर गएको आफू निकट नेताहरुलाई बताउन थालेपछि देउवा पक्षधर नेताहरुले आन्तरिक तयारी थालेका हुन् । उनीहरुले सिंहसँग प्रतिष्पर्धा गरे गलत अर्थ लाग्ने सुझाव दिएका छन् । देउवाले दलको नेता रामचन्द्र पौडेललाई दिन अस्वीकार गरेपछि उहाँकाे समुहबाट सिंह चुनावी मैदानमा आउने हुनभएकाे हाे । केही समयअघि मात्र सभापतिमा पराजित पौडेललाई संसदीय दलको नेतामा चुनाव नलड्न उहाँ निकटका नेताहरुले सुझाव दिएका छन् । सहकर्मीको सुझावपछि पौडेल पछि हट्ने र प्रकाशमान मैदानमा आउने देखिएकाे छ । बरिष्ठ नेता पौडेललाई सर्वसम्मत संसदीय दलको नेता बनाउन नेता सिंह र डा. रामशरण महत देउवा निवास पुगेका थिए । तर देउवाले संसदीय दलको नेता दिन अस्वीकार गरेपछि पौडेल पक्षले पनि निर्विरोध हुन नदिने पक्षमा उभिएको छ ।

आफू नउठे सशांकलाई सर्वसम्मत बनाउने देउवाको चाहनाः

देउवाले आफू सर्वसम्मतीमा दलको नेता हुने अवस्था नआए वर्तमान महामन्त्री एवम् विपी पुत्र डा. शशांक कोइरालालाई सर्वसम्मतीमा नेता बनाउने समेत विकल्प राख्नुभएकाे छ । त्यसमा पनि सहमति हुन नसके उहाँले आफू निकटका नेताद्धय ज्ञानेन्द्र कार्की र बालकृष्ण खाँणमध्ये एक जनालाई चुनावमा उठाउने बुझिएकाे छ । स्रोतले दिएको जानकारी अनुसार देउवाले खाँणभन्दापनि हालका अर्थमन्त्री समेत रहेका नेता कार्कीलाई अघि सार्ने आन्तरिक तयारी गरेको खुलासा भएको छ । सभापति देउवाले यो पटक आफू दलको नेता नबन्ने निधो गरेकाे पाइएकाे छ । उहाँले आफ्ना विश्वासिला नेता कार्कीलाई नै अघि सार्ने तयारी गर्नुभएकाे छ । संसदीय दलको नेतामा अर्का नेता प्रकाशमान सिंहको पनि चर्चा छ । देउवा पक्षधर नेता बालकृष्ण खाँणलाई तत्काल दलको नेता नदिने मुडमा देउवा पुगेका छन् । कार्कीको पक्षमा बरिष्ठ नेता विजयकुमार गच्छदार उभिनुभएकाे छ । उहाँले देउवालाई कार्कीलाई समर्थन गर्ने ग्रिन सिग्नल दिईसक्नुभएकाे छ ।

महामन्त्री कोइरालालाई बनाउनुपर्ने युवा नेताहरुको दबाब:

यता महामन्त्री डा. कोइरालालाई नै संसदीय दलको नेता बनाउनुपर्ने पक्षमा युवा नेताहरु उभिएका छन् । नेता दिपक खड्काको नेतृत्वमा युवा नेताहरुले लविङ सुरु गरिसकेका छन् । स्रोतका अनुसार उनीहरुले सभापतिलाई समेत भेटेर यस्तो दबाब दिने तयारी थालेका छन् । यसभन्दा अघि उनीहरुले कोइरालालाई भेटेर तयारी थाल्नकोलागि आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।