गर्लफ्रेण्डले दिएको गिफ्ट ४७ वर्षसम्म पनि खोलिएन

२४ पुष २०७४, सोमबार १३:१० मा प्रकाशित

 

के तपाइँलाई विश्वास लाग्छ कि कुनै मानिसले आफ्नो भूपूप्रेमिकाले दिएको गिफ्टलाई ४७ वर्षसम्म सम्हालेर राख्नसक्छ । सम्हालेर राख्नेमात्र कहाँ हो र ? यी महापुरुषले त एक्स गर्लफ्रेण्डले दिएको गिफ्ट खोलेर हेरेका पनि छैनन् । क्यानडाको टोरन्टोमा बस्ने एडिअन पिअर्स नामका व्यक्तिले आफ्नी भूपू गर्लफ्रेण्डले दिएको गिफ्टको प्याकेट ४७ वर्षसम्म पनि खोलेका छैनन् । उनी १७ वर्षको छँदा उनकी गर्लफ्रेण्ड विक्कीले उनीसँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको बेला उनले एड्रिअनलाई एक उपहार दिएकी थिइन् । उक्त गिफ्टलाई एड्रिअनले अहिलेसम्म खोलेका छैनन् । विछोडका बेला दिएको उपहारलाई भारी मन बनाएर घरमा ल्याएको एड्रिअनले अहिलेसम्म उक्त गिफ्ट खोल्ने हिम्मत गरेका छैनन् । एड्रिअनले उक्त गिफ्टलाई घरमा रहेको क्रिसमस ट्रीको तल राखेका छन् र आफ्ना परिवारका सदस्यलाई पनि उक्त गिफ्ट नखोल्न जानकारी गराएका छन् । उनको आदेशको सिरोपर गर्दै अहिलेसम्म परिवारको कसैले पनि उक्त गिफ्टमा हात लगाएको छैन । ब्रेकअप पछि उनले एक्स गर्लफ्रेण्डलाई कहिल्यै पनि भेटेका छैनन् । एकदिन उनीसँग भेट हुने र सँगै उक्त गिफ्ट खोल्ने उनको याेजना छ ।

एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्