पार्टी एकताबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

२४ पुष २०७४, सोमबार १३:०० मा प्रकाशित

 

काठमाडाैं,२४ पुस:माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो । सचिव योगेश भट्टराईका अनुसार बैठकमा पार्टी एकताको मोडालिटीको विषयमा छलफल हुनेछ । त्यसका लागि कार्यदल गठन गर्ने तयारी छ । पार्टी एकताको विषयमा आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलसमेत भएको थियो । छलफलमा पार्टी एकताका लागि वैचारिक-राजनीतिक र सांगठनिक एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन गर्ने सहमति भएको थियो । मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी समेत छ । सोही बैठकबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने दुबै पार्टीका नेताहरुले बताएका छन् । यसैबीच एमालेसँग पार्टी एकताको विषयमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि अनौपचारिक छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘पार्टीको कुनै कमिटीको बैठक त छैन तर आन्तरिक छलफल जारी छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले