उमेर बीस, छोराछोरी पांच

३१ असार २०६९, आईतवार १६:०५ मा प्रकाशित

तनहुं, ३१ असार । ‘विवाहवारी १४ वर्षवारी” भन्ने उखान सहरीया र सम्पन्न परिवारका लागि नौलो भए तापनि तनहुंको भुजेल गाउंका वासिन्दाका लागि भने खासै नौलो होइन जिल्लाको पुरानो सदरमुकाम बन्दिपुर गाउं विकास समिति–८ र आंवुखैरेनी गाविस–१ मा रहेको भुजेल बस्तीका बालबालिका १४ वर्ष पुग्नुअगावै बिहे गरेर छोराछोरीको आमाबाबु बन्ने गरेका छन् ।
स्थानीय भरत भुजेलले १४ वर्षको उमेरमा विवाह गर्नु भनेको उमेर पक्का भएको मानेर विवाह गर्ने गरिएको बताउनुभयो । ‘आफ्नो छोराले १५ वर्षको हुंदा १३ वर्षकी केटीसंग विवाह ग¥यो”– स्थानीय सोमबहादुर भुजेलले भने–‘अहिले छोरो २० वर्षको हुंदा पांचजना छोराछोरीको बाबु बनिसकेको छ ।” हाम्रो पालामा त अझै कलिलो उमेरमा विवाह गर्ने चलन थियो, अहिले १४ वर्षमा विवाह गर्नु कुनै नौलो कुरा नभएको उनी बताउंछन् ।
कानुनअनुसार विवाहको लागि केटाकेटीको उमेर २० वर्षभन्दा माथि हुनुपर्ने प्रावधान रहे पनि यस क्षेत्रमा पुरानै सोचका आधारमा विवाह गरिने पराम्परा कायम रहेको पाइन्छ । गरिबी, बेरोजगार, अशिक्षा र अन्धविश्वासको भुमरीमा रुमल्लिएका यी गाउंका बालिकाको सानै उमेरमा विवाह गर्नु रहर नभई बाध्यता रहेको छ सानै उमेरमा विवाह गरेकी सीमा भुजेलले भनिन्– “यहांको त चलन नै यस्तै हो, पढ्ने रहर हुंदाहुंदै पनि बाबुआमाको भनाइलाई मान्नुपर्ने र विवाह गर्नुपर्ने चलन छ।“ आफूले १३ वर्षको उमेरमा विवाह गरेको र अहिले २२ वर्षको हुंदा एक छोरा र दुई छोरीको आमा बनिसकेको उनले बताइन् ।
तनहुंको पृथ्वी राजमार्गदेखि करिब दुई किलोमिटर दूरीमा रहेको यस बस्तीमा बालविवाह गर्नु हुंदैन भन्ने थाहा हुंदाहुंदै पनि परम्परागत सोचका कारण यो प्रथालाई हटाउन नसकिएको अर्का स्थानीय रामबहादुर भुजेलले बताए ।
उक्त बस्ती जिल्ला सदरमुकाम दमौलीबाट टाढा नभए पनि त्यस भेगका बालबालिकाको हकहितमा आवाज उठाउने कोही नभए जस्तो बनेको छ ।
रासस

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज