भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउनु हुन्नः बिजुक्छे

२३ पुष २०७४, आईतवार १५:२८ मा प्रकाशित

 

भक्तपुर २३ पुस। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन नहुने बताउनुभएकाे छ । सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ । तर, विजुक्छे भने त्यसको विपक्षमा देखिनुभएकाे हाे। पत्रकार महासंघ भक्तपुर शाखाको २१ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा बिजुक्छले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताउनुभयाे । वाम गठबन्धनभित्र राजनीतक स्वार्थ अधिक देखिएको बताउँदै उहाँले गठबन्धको दिर्घकालीन स्वरुप देख्न नसकेको बताउनुभयाे । साथै वाम गठबन्धन टुटाउन बाहृय शक्ति लनगिपरेको उहाँले बताउनुभयाे।कार्यक्रममा बिजुक्छेले रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापालाई स्व. मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्