कारबाहीमा पन्ध्र तालिवानीको मृत्यु

३१ असार २०६९, आईतवार १५:०४ मा प्रकाशित


काबुल, ३१ असार । अफगानिस्तानमा गत २४ घण्टाभित्र नेटोसहितको संयुक्त सेनाले गरेको कारबाहीमा १५ भन्दा बढी तालिवानी आतङ्ककारीको मृत्यु भएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले जनाएअनुसार कारबाहीका क्रममा अरु १०  आतङ्ककारी घाइते भएका छन् । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आवद्ध सैनिकले  नान्गार्हार, लाघमान, कुन्दुज, उरुगान, वार्दाक घाज्नी, हेरात र हेल्मान्डलगायतका प्रान्तमा सो कारबाही गरेको थियो ।

सो कारबाहीमा १५ जनाभन्दा बढी सशस्त्र तालिवान आतङ्ककारीको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले आज प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा विभिन्न हातहतियार कब्जा गरिएको उल्लेख गरिएको छ । यस आक्रमणबाट सुरक्षा बलतर्फ दुई प्रहरी  घाइते भएको समेत समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध करिब एक लाख ३० हजारजना सेनाले तालिवानी लडाकु विरुद्ध विभिन्न स्थानामा कारबाही जारी राखेका छन् ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिंदै गर्दा तालिवानविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा