विहे गर्ने मनस्थितीमा श्वेता खड्का

२२ पुष २०७४, शनिबार १६:५१ मा प्रकाशित

 काठमाण्डौ,२२ पुस: नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुग्नुभएकाे छ ।घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुग्नुभएकाे हाे । नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ ।काभ्रेको पनौतीमा जन्मिएकी श्वेता संघर्ष गर्दै चलचित्र क्षेत्रमा आएकी हुन् । तीन वर्ष अघि पति वियोगमा परेकी श्वेताले विवाहका बारेमा खुलेर जवाफ भने दिनुभएकाे छैन ।विवाहका बारेमा प्रश्न गर्दा उनले दोस्रो विवाह आफ्नो हातमा नरहेको भन्दै उम्किने गर्नुभएकाे छ । साथै अर्को विवाहबारे उहाँले दर्शकको चाहनाअनुसार अघि बढ्ने बताएकाले पनि दर्शकले विवाह गर्नुपर्छ भनेर दबाब दिएको खण्डमा उहाँ विवाह गर्न राजी हुने सम्भावना छ । पति नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात लामो समय शोकमा परेकी उनी त्यसपछि पहिलो चलचित्र ‘कान्छी’ निर्माण गरेर चलचित्र क्षेत्रमा कमब्याक हुनुभएकाे हाे । बाल्यकाल र चलचित्र क्षेत्रमा प्रवेश गर्दा निकै संघर्ष गर्नुभएकी उहाँ यहि क्षेत्रमा आफ्नो समय बिताउने इच्छामा हुनुहुन्छ

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको