९ रेक्टरस्केलको भुकम्प आएपनि पार्टी एकता तोडिन्न– नेता ज्ञवाली

२२ पुष २०७४, शनिबार १६:१२ मा प्रकाशित

 

पाेखरा, २२ पुस
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले ८÷९ रेक्टरस्केलकको भुकम्प आएपनि वाम एकता नतोडिने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सो कुरा बताउनुभएको हो । पार्टीका नेताहरुको सक्रियता, क्षमता, दक्षतालाई सम्मान दिएरै पार्टीमा जिम्मेवारी दिने बताउनुभयो । एमाले र माओवादी दुबै पार्टीले पार्टीको पोजिसनलाई अडानका रुपमा नलिएको र आगामी दिनमा पनि नलिने स्पष्ट पार्नुभयो । “अहिलेको आवश्यक्ता भनेको नेता ब्यबस्थापन र पार्टीको पोजिसन हैन, भद्रगोल देशको ब्यबस्थापन हो । त्यसैले दुई पार्टी एकता हुनैपर्छ र हुन्छ पनि ।”उहाँले भन्नुभयो । ज्ञवालीले ८÷९ रेक्टर स्केलको भूकम्प आएपनि पार्टी एकता नतोडिने दाबी गरे । देशी विदेशी चलखेल र अवरोध छिचोल्दै फागुनसम्म पार्टी एकता हुने उहाँको दाबी छ । दुबै पार्टी अध्यक्षले एकताको खाका बनाएपछि एकता संयोजन समितिको बैठक बसेर अन्तिम आकार दिने र पार्टी बैठकले अनुमोदन गर्ने उनले जानकारी दिनुभयो । अहिले पार्टी एकता भाँड्ने नियतले अनुमानको खेती र टिका टिप्पणी हुने गरेको सुनाउँदै एमाले सचिव ज्ञवालीले दुई अध्यक्ष प्रचण्ड र ओली नभेट्दैमा र एकता संयोजन समितिको बैठक नबस्दैमा एकता नभाँडिने दाबी थियो । एमाले सचिव ज्ञवालीले शेरदबहादुर देउवा नेतृत्वको सरकार संघीयताप्रति ईमान्दार रहेको आरोप समेत लगाउनुभएको छ । प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसकेको भन्दै उनले भने, “सरकार संघीयताप्रति इमान्दार छैन, यसप्रति सरकार र सरकारबादी दलहरुको ओंठेभक्ति मात्रै हो ।” उहाँले भन्नुभयो । प्रदेश मुकाम अस्थायी रुपमा तोक्न लागिएको भन्दै उनले तरंगित हुन नपर्ने बताए । साथै प्रदेश मुकाम तोक्न माग गर्दै भइरहेको आन्दोलन स्थगित गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार साँभ ५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा