संविधान कार्यान्वयनमा अझै जटिलता

२२ पुष २०७४, शनिबार १०:२२ मा प्रकाशित

 

भक्तपुर, २२ पुस: नेकपा (एमाले) नेता सुवास नेम्वाङले दलहरुको विवादका कारण संविधान कार्यान्वयनमा अझै पनि जटिलता कायमै रहेको बताउनुभएको छ । ‘काठमाडौँ स्कुल अफ ल’ को १८ औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वसभामुख नेम्वाङले तीन तहको निर्वाचनपछि पनि संविधान कार्यान्वयनमा जान नसक्नु संविधानको नभई राजनीतिक दलबीचको विवाद नै प्रमुख कारण भएको बताउँदै संविधान कार्यान्वयन र समृद्धिका लागि जनादेशको पालना गर्दै दलहरुले छिटोभन्दा छिटो समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा कलेजका अध्यक्ष माधवप्रसाद आचार्य, कलेज प्रमुख युवराज संग्रौला, सहप्राध्यापक प्रदीप पाठक, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतले मुलुकमा कानूनी शासनको कार्यान्वयन र पालना हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी