प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोनाको शुभारम्भ

२२ पुष २०७४, शनिबार १०:१३ मा प्रकाशित

 

जनकपुरधाम, २२ पुस: कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बृहत व्यावसायिक कृषि उत्पादन तथा केन्द्र (सुपर जोन) माछा परियोजना धनुषा जिल्ला कार्य क्षेत्रको आज शहीदनगर यदुकोहामा शुभारम्भ गर्नुभयो । स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकासको दशवर्षे विकास रणनीतिअन्तर्गत माछाको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशीला निर्माण गर्नु सो परियोजनाको उद्देश्य रहेको छ । सो परियोजनाअन्तर्गत धनुषा जिल्लाको जनकपुर उपहानगरपालिका, औरही गाउँपालिका , शहीदनगर नगरपालिका र कमला नगरपालिकाको एक हजार हेक्टरभन्दा अधिक क्षेत्रमा माछा उत्पादन विकास कार्यक्रम सञ्चालन गरिनेछ । सो अवसरमा मन्त्री यादवले जनकपुरको माछा नेपालमै प्रसिद्ध रहेको तथ्यलाई मनन गर्दै सरकारले यसलाई सुपर जोनका  रूपमा प्रवद्र्धन गर्न यस परियोजना कार्यान्वयन गरेको जानकारी दिनुभयो ।
उहाँले परियोजनाबाट माछाको विशिष्टिकृत क्षेत्र निर्माण  भइ सम्मानजनक व्यवसायका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य रामसरोज यादवले जमिनको चक्लाबन्दी र चुरेको संरक्षण गरी परियोजना कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । शहीद नगरपालिका प्रमुख उदय अरगरिया, कमला नगरपाालिकाका प्रमुख रामउदगार गोइत र औरही गाउँपालिकाका प्रमुख  ब्रम्हदेव यादवले परियोजनाले रोजगारीका अवसर र माछा उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो । कृषि  विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले परियोजनाबाट उत्पादन क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुने बताउनुभयो । परियोजना निर्देशक डा नरहरि घिमिरे र धनुषा सुपर जोन प्रमुख राजेन्द्र यादवले जमिनको चक्लाबन्दी, विशिष्टिकृत व्यवसायीकरण, उन्नत प्रविधि र गुणस्तरीय पूर्वाधार विकास र उपलब्धिमा आधारित सहजीकरण अवधारणाअन्तर्गत कृषि विज्ञ गाउँ तहसम्म पुगी सेवाप्रवाह गर्ने भएकाले जिल्लाको  अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरि प्रतिनिधि सभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा