एक हप्तामा सिरियाली छसय शरणार्थी लेबनानमा

३१ असार २०६९, आईतवार १५:०२ मा प्रकाशित

बेरुत, ३१  असार । एक हप्ताभित्र सिरियाली ६०० शरणार्थी लेबनानमा पुगेको शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोगले जनाएको छ ।

युएनएचसिआरले साप्ताहिक प्रतिवेदनमा जनाएअनुसार ३० हजारभन्दा बढी सिरियाली शरणार्थी आफ्नो अशान्त देशबाट भागेर लेबनानमा सहयोगको लागि पुगिसकेका  छन् ।

यस भागेर लेबनानमा पुगेका  सिरियाली शरणार्थी मध्ये २८ हजार ४७६ व्यक्तिले दर्ता गराएको सो  आयोगले जनाएको छ । लेबनानका समाजिक मामिला मन्त्री वाएल अबु फाओरले सिरियन शरणार्थीलाई सहयोग प्रबन्ध गर्ने जिम्मेवारीबाट आफूहरू भाग्न नसक्ने बताउनु भएको छ ।
सिरियामा गतवर्षको मार्च महिनादेखि राष्ट्रपति बसार अल–असादको राजिनामाको माग गर्दै सुरु भएको जनप्रदर्शनको क्रममा हालसम्म १७ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको मानवअधिकारीहरूले दाबी गरेका छन्  ।

मुलुकमा यस प्रकारको रक्तपात नरोकिने हो भने सिरियामा गृहयुद्धको प्रबल सम्भावना रहेको र यदि गृहयुद्धको अवस्था आयो भने यसबाट लाखौँ व्यक्तिको ज्यान जाने सम्भावना रहेको भन्दै विश्व समुदायले चिन्ता व्यक्त गरेको जनाइएको छ ।

हिंसा हत्या रोक्न अन्तर्राष्ट्रिय दबाब जारी रहेको भएता पनि राष्ट्रपति असादले आफ्नो अडान छोडेका छैनन् । आन्दोनकारीहरू भने राष्ट्रपति आसदले सत्ता नछोडेसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने अडानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार