नेपाली खाना र संस्कृतिलाई विश्वस्तरमा लगिने

२१ पुष २०७४, शुक्रबार ११:४४ मा प्रकाशित

काठमाडौँ, २१ पुस । स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लैजाने भएको छ ।

मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघसँग मिलेर स्वदेश तथा विश्वका ७० मुलुकमा कार्यक्रम लैजान लागेको हो । कार्यक्रमका संयोजक सुरेशचन्द्र बस्नेतले नेपालको हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्म रहेका संस्कृति र नेपालको खानालाई विश्वसम्म पु¥याउन उक्त अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “नेपालको इटहरी, सौराहा, जनकपुर, पोखरा, नेपालगञ्ज लगायतका क्षेत्र र विश्वका टर्की, अष्ट्रेलिया, अमेरिका, बेलायत लगायतका ७० मुलुकमा कार्यक्रम लैजान लागेका छौँ”– संयोजक बस्नेतले भन्नुभयो । उक्त अभियानले नेपालमा विदेशी पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ