लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछुः महामन्त्री कोइराला

२० पुष २०७४, बिहीबार ००:३१ मा प्रकाशित

काठमाडौँ, १९ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताउनुभएको छ ।

लोकतान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताउनुभएको हो । “मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु,”– उहाँले भन्नुभयो ।

महामन्त्री कोइरालाले विपी कोइरालाले लिएको विचारलाई अंगिकार गरी मुलुकको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युवालाई स्वदेशमै रोजगार सिर्जना गरेर देश विकासमा लैजानुपर्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री रामचन्द्र अधिकारीले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले कमजोर नतिजा ल्याएको भन्दै पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष प्रा डा जयराज आचार्यले विपी कोइरालाले लिएको नीतिलाई पच्छाउन नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताउनुभयो । “काँग्रेसको नीति, आदर्श र इतिहासलाई आम जनतासमक्ष लैजान समाज स्थापना गरेका हौँ,”– उहाँले भन्नुभयो ।

भर्खरै स्थापना भएको समाजलाई विस्तारै प्रदेश, जिल्ला हुँदै गाउँसम्म लैजाने समाजका कोषाध्यक्ष रेशम गुरुङले बताउनुभयो । सो अवसरमा नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका महामन्त्री डा कोइरालालाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा