देउवा र दाहालबीच छलफल

१९ पुष २०७४, बुधबार ०३:०२ मा प्रकाशित

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरिरहेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन तथा प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा छलफल भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी